आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

भावुक स्ट्याटस लेखेर वैरो संघका पूर्वअध्यक्ष तामाङले गरे एमाले छाडेको घोषणा (विज्ञप्तिसहित)

आइतबार, चैत्र १ २०७७

काठमाडौं । नेपाल वैदेशि रोजगार व्यवसयायी संघका पूर्वअध्यक्ष बलबहादुर तामाङले नेकपा एमाले पार्टी छाडेको घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी एमालेको उद्योग तथा बाणिज्य बिभागको सदस्य, नेकपा एमालेको जनवर्गीयय संगठन नेपाल उद्योग व्वसायी महासंघको सचिवसमेत रहेका तामाङले सबै पदबाट राजीनामा दिंदै नेकपा एमालेको पार्टी सदस्यता त्यागेको जानकारी फेसबुक स्ट्याटसमार्फत गराएका हुन् ।

‘मैले २०४३ सालमा पाएको पार्टीको प्रशिक्षण अहिले आएर गलत साबित भयो,अबको जीवनको अमुल्य समय गलत बाटोमा लाग्नु भन्दा आजको मितिबाट नेपाल कम्युनिस्ट पार्टी एमालेको उद्योग तथा बाणिज्य बिभागको सदस्य, नेकपा एमालेको जन बर्गिय संगठन नेपाल उद्योग ब्यवसायी महासंघको सचिवबाट राजिनामा दिंदै नेकपा एमालेको पार्टी सदस्यता त्यागेको जानकारी गर्दछु’, उनले लेखेका छन् । राजनीति भनेको समाज परिवर्तनको अश्त्र सम्झेर बीसं २०४३ बाट कम्युनिस्ट पार्टीमा लागियो,सुर्य चिन्नमा भोट लगाउन आमा बुबा,तथा छिमेकीलाई अनुरोध गरियो। बिद्यालय स्तरमा जनसांस्कृतिक कार्यक्रम तथा सबै बिद्यार्थीलाई अनेरास्ववियुको झन्डामा गोलबन्द हुन अह्वान गरियो ,नेकपा एमाले पार्टीको उद्योग तथा बाणिज्य केन्द्रीय बिभागमा बसेर काम गरियो ।नेकपा एमालेको सरकारले घोषणापत्र बमोजिम काम गर्नेछ,सडक,रेलमार्ग बिमानस्थल ,बिधुत,स्वास्थमा आमूल परिवर्तन गर्नेछ, रोजगारको पुरा ग्यारेन्टी गर्नेछ त्यसपछि हामी नेपाली सुखी हुनेछौं भनेर आम मानिसहरुसंग भोट मागियो। स्थानीय तहको निर्वाचनमा ताप्लेजुङको सबै पालिका, काठमाडौंको निर्वाचन क्षेत्र नं ५ र तराईको सर्लाही,सप्तरी,सिराहा,धनुषाको गाउँ गाउँमा भोट माग्दै हिडियो, जतिबेला नेकपा एमालेलाई तराईमा निर्वाचन प्रचारप्रसारमा अबरोध गरिएको थियो। एमालेको उम्मेदवारलाई जिताउन इमानदारीपूर्वक भुमिका खेलियो,कारण थियोे नेकपा एमाले, चुनाब चिन्ह सुर्य । २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच एकीकरण भएको घोषणा नेताहरुले गर्नु भयो। म पनि खुशी भएं।

पार्टी एकीकरण पश्चात् जनसंगठन एकीकरण हुने नै भयो ,नेकपा एमालेको जनबर्गिय संगठन नेपाल उद्योग ब्यबसायी महासंघ सचिवबाट घटुवा गरि नेपाल राष्ट्रिय उद्योग ब्यवसायी महासंघको प्रदेश १ को अध्यक्ष मलाई बनाईयो। पार्टीको २०७५ साल जेठ ३ गते पछि उद्योग तथा ब्यवसायीको जिल्ला कमिटी ,प्रदेश कमिटी बिभाग गठनको काम ३ बर्ष सम्म गरिएन, एकीकरण ३ बर्षमा भत्कियो। नेकपा एमाले र माओवादी केन्द्र सर्वोच्च अदालतको निर्णयको कारण छुटियो,सबै जना २०७५ जेठ २ को अबस्थामा पुगियो। मैले नेकपा एमालेको उद्योग तथा बाणिज्य बिभागको सदस्य र नेपाल उद्योग तथा बाणिज्य महासंघको सचिव जिम्मेवारीमा रहेर काम गर्ने सोचेको थिएं । तर नेकपा एमालेको पार्टीको पहिलो बैठकले नेताहरुको मनमुटाव सिद्धान्तमा होइन,ब्यक्तिगत रहेछ। नेकपा एमालेले जनताको बहुदलीय जनबाद बोकेको पार्टी हैन, गुटबन्दीमा चर्लुम्म डुबेको रहेछ।जब पार्टी पार्टीको रुपमा नरहेर ब्यक्तिगत रिस सांध्ने साधन बनाइन्छ, सिद्धान्त छोडिन्छ,यसले गलत दिशा समाउंदछ।

मैले २०४३ सालमा पाएको पार्टीको प्रशिक्षण अहिले आएर गलत साबित भयो,अबको जीवनको अमुल्य समय गलत बाटोमा लाग्नु भन्दा आजको मितिबाट नेपाल कम्युनिस्ट पार्टी एमालेको उद्योग तथा बाणिज्य बिभागको सदस्य, नेकपा एमालेको जन बर्गिय संगठन नेपाल उद्योग ब्यवसायी महासंघको सचिवबाट राजिनामा दिंदै नेकपा एमालेको पार्टी सदस्यता त्यागेको जानकारी गर्दछु।

बलबहादुर तामाङ
सदस्य
उद्योग बाणिज्य बिभाग
सचिव
नेपाल उद्योग बाणिज्य महासंघ

https://www.facebook.com/balbahadur.tamang.7/posts/3885959954799114

प्रतिक्रिया
सम्बन्धित समाचार