शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

के हो युएईको तीन लाख दिराम आईएलओ काण्ड, दोषी को-को ?

सोमबार, चैत्र ९ २०७७

जनसवाल बिशेष संवाददाता, युएई । अन्तर्राष्ट्रिय श्रमिक संगठन (ILO) ले कोरोना महामारीका चपेटामा परेका नेपालीलाई सहयोगार्थ गैर आवासीय नेपाली संघसँग सहकार्य गरि उद्दार गर्ने प्रक्रिया अगाडि बढाएको थियो। जस्मा आर्थिक सहयोग ILO को थियो भने नितिगत र कार्यान्वयन पक्ष NRNA को रहेको थियो त्यो बिषयमा आर्थिक हिनामिना भनी धेरै प्रश्न उठेका छन । मुलतः राष्ट्रिय समन्वय परिषद युएइमा यस्को चर्को आलोचना सामाजिक संजालमा भएपछी कार्यसमितीका लगभग ९५ प्रतिशत पदाधिकारीहरु आफै बिरोधमा उत्रिएका थिए ।

के हो त यथार्थ ?

कोरोनाको चपेटाले विश्व आजित हुदा बिदेशमा श्रम गर्ने देखि लिएर भिजिटमा भएका धेरै नेपालीलाई उद्दार गर्नु पर्ने अवस्था आयो । ICC उपाध्यक्ष डा बद्री केसिलगायत महासचिव डा हेमराज शर्मा आदिले नेतृत्व गरेर ILO बाट रकम लिइ किस्ताबन्दिमा प्रत्येक राष्ट्रिय परिषदमा ८०००० अमेरिकन डलरसम्म पठाइ उद्दार कार्य अगाडि बढाउने निर्देशन सहित कार्यपद्द्तिको निर्देशिका जारी गरेका थिए । यस निर्देशिकामा संस्थाका अध्यक्ष र कोषाध्यक्षको संयुक्त खाता प्रणाली अनिवार्य गरिएको थियो । युएईको सुरुवाती अवस्था देखि नै अध्यक्ष प्रकाश कोईरालाले एकल निर्देशनमा उपाध्यक्ष पासाङ्ग शेर्पालाई संयुक्त रुपमा उत्प्रेरित गरि नेपालमा माछापुच्छ्रे बैंकमा खाता खोलि कारोबार गरेको प्रस्टिएको छ । अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष पासाङ्ग शेर्पाको नाममा रहेको खातामा संघका कोषाध्यक्षलाई केही जानकारी गराएको पाइएन ।

यो उद्दार अभियान युएइको कानुनी असहजताको कारण लुकिछिपी गर्नु पर्ने उनीहरु र एनआरएनए का नेताहरुको तर्क पनि हास्यास्पद देखिन्छ किनकी युएइ आफै ILO मा अनुबन्धित देश हो र समाज सेवामा कानुन लाग्ला भन्ने अनुमान कसरी गर्न सकिन्छ र ? अध्यक्ष कोइराला आफ्नो समितीका महासचिव , सचिव, युवा संयोजक , एक उपाध्यक्ष लगायत केही सदस्यसँग निकै नै नजिक रहेको भएतापनी उनिहरुलाइ समेत यो अभियानको बारेमा कुनै जानकारी गराइएको थिएन । समितिमा त यस्को सुईको समेत पनि नदिइएको एक सदस्यले बताए ,साथै आफुले त महासचिवले संस्थाको सामुहिक च्याट ग्रुपमा प्रश्न उठाउदा मात्र थाहा पाएको ति सदस्यले बताए।

उक्त रकमको बारेमा प्रश्न चिन्ह उठ्दै गर्दा बिविध गैर कानुनी कार्य भएको देखिन्छ,जस्तो कि बिनिमय दर भन्दा अति नै महंगो तिरी पैसाको हिसाब देखाउने गरिएको र हुण्डि गरि रकम लिइएको देखिन्छ । उपाध्यक्ष पासाङ्ग शेर्पाले पाचवटा खाली चेकमा हस्ताक्षर गरि अध्यक्ष कोईरालालाई जिम्मा दिदा त्यहा उपाध्यक्षको लाचारी देखिनुको साथै अध्यक्षको नियतमा समेत प्रश्नचिन्ह उठेको छ । उपाध्यक्ष शेर्पा जो आफै विभिन्न संस्थाको प्रतिनिधित्व गरेर खारिएका ब्यक्ति हुन उनले आफू ओभानु छु भन्ने अवस्था देखिन्न किनकी निर्देशित मात्र भएर पक्कै केही नबुझी खाता खोलिएन र खोलिएको होईन ।

अन्तरास्ट्रिय समन्वय परिषदको ठाडो निर्देशनमा गरिएको काम हो भनेर अध्यक्षले मिटिङ्गमा भनेको उदृत गर्दै एक पदाधिकारीले भने ” यस योजनामा महासचिव , कोषाध्यक्ष सबैलाइ समेट्ने गरि कार्ययोजना बनाइरहदा सब संलग्न गराइ मिटिङ्ग गराईएको थियो, तर एक्कासी किन संस्थागत रुपमा दिइएको रकम ब्यक्तिगत बनाइयो । यस्मा अन्तर्राष्ट्रिय परिषदका नेतृत्वहरुको पनि केहि न केहि हात रहेको छ ।” संस्थामा कागजी कार्यगर्ने महासचिव अज्ञात रहनु, आर्थिक कारोवार हेर्ने कोषाध्यक्षलाई गुमराहमा राख्नु, आफ्ना नजिकका र पार्टिगत व्यक्ति हेरेर बिना सुझबुझ स्वयंसेवक सिफारिस गर्नु र स्वयंसेवककै जानकारी बिना खर्च हुनु पनि अर्को पाटो छ भ्रष्टाचारको । संस्थागत कार्यमा बोलपत्र आव्हान नगरी लाखौको जिम्मेवारी मनोमानि रुपले दिइनुले ठूलो प्रश्नसमेत उब्जाएको छ ।

कोरोनाबाट पिडित भएकालाई उद्दार कार्य गर्न युएइमा रहेका अन्य संस्थाहरुले पनि सक्दो सहयोग गरेका थिए तर त्यही कार्यमा रासनको प्याकेज अन्यको तुलनामा भयंकर महंगो राखी अनियमितता गरेको प्रष्ट देखिन्छ । स्वयंसेवकहरुले सय प्याकेट बाडेको ठोस हिसाब दिन नसक्नु तर बिल ६ सय माथी रासनको देखाइनुले धेरै शंखा उत्पन्न गरेको छ । ब्यक्तिगत तवरमा गरिने खर्चहरु बिलमा जोडिनुले के यो समाजसेवा हो कि अवसरमा कमाइ धन्दा हो भन्ने प्रश्न उठाएको छ।

हिसाबमा साधन आफ्नो खर्चिएको भनेर तेल, फाइनलगायत जोडिदै गर्दा ट्याक्सिको पनि भाडा जोडिएको भेटिएको छ । उद्दार गरिएकाहरुको पुर्ण बिवरण खुलाइएको छैन बरु स्वयंसेवकहरुले नेपालवाट अन्यको पासपोर्ट लगायत बिवरण मागेको प्रमाणले गर्दा बिवरणहरु झुटा रहेको प्रष्ट देखिन्छ । तेतिमात्रै होईन एनआरएनएले एयरपोर्टमा डाटा संकलनको लागी राखिएको कर्मचारीहरुलाई पनि यो बिवाद सार्बजनिक भएपछी निष्काशन गरिनुले पनि आईएलओको रकममा हिनामिना भएको प्रस्ट पारेको एक एनआरएन पदाधिकारीले दाबी गरे ।
उनले आईएलओको रकममा ठुलै गडबढ भएकाले छानबिन अनिबार्य रहेको बताए ।

संस्थाका सल्लाहकारहरुसँग सहकार्य गरि हिसाब अडिट गराउने कुरामा एक खाले सहमती गरिएको भएतापनी पछि अध्यक्ष कोइरालाले एकल निर्णय गरि हिसाब लुकाएको पाइएको छ र यस्मा ICC का उपाध्यक्ष बद्री केसिको समेत समर्थन रहेको एनआरएन पदाधिकारीहरु नै बताउछन । संस्थागत अनियमितता भएको देखिन थालेपछी संस्थाको बैठकको दुइतिहाइ बढी बहुमतले अध्यक्ष र उपाध्यक्षलाई निष्कृय रहन भने पछि ICC मा रिपोर्ट माग्दा सहयोग नहुनु, छानविन समिती गठनमा ढिलाइ, बिल भरपाइ उपलब्ध गराउन नचाहनुले ICC का नेतृत्वको संलग्नतासमेत प्रष्ट देखिन्छ ।

अहिले देखिएको र लगाईएको आरोप र यथार्थ बिचमा ठूलो खाडल देखिन्न, यस्मा एक नियोजित अनियमितता छर्लङ्ग छ। उद्दार गर्न प्लेन टिकटको सहजीकरण र सुलभ दर तोक्न बसाइएको मिटिङ्गमा अध्यक्ष आफै नआउनु र आफ्नु मनोमानी ट्राभलबाट टिकट काट्नु के को लागि हो त्यो स्पष्ट देखिन्छ ? ल्यापटप लगायतका सामान बोलपत्र बिना महंगो दरमा खरिद गर्नु र त्यस्मा नचाहिने किबोर्ड माउस खरिदको बिवरण भर्नु तर बिल नहुनुले के देखाउछ ? हुण्डिको दरमा पैसा के को लागि मगाईयो ? घरायसी इन्टरनेट , टोल गेट रकमको बिलसमेत किन चढाइयो बिलमा ? पिडित छनौट वा पहिचान कसरी गरियो र उनिहरुको बिस्तृत बिवरण खै किन देखाइएन ? यस्ता दर्जनौ प्रश्न छन ।

संस्थागत रुपमा छानविन समिती गठन गरिएपनी बिल भरपाइ आदिको माग गर्दा ICC बाट आलटाल गरि छानविन प्रक्रिया नै ढिला गराउनुमा महासचिव शर्मा र उपाध्यक्ष केसिको संस्थागत बैमानी प्रष्ट देखिन्छ । मध्यपुर्वमा युएई मात्र हैन साउदी र मलेसियामा पनि अनियमितताका कुरा चर्किएका छन तर युएईको तीन लाखे काण्ड अत्याधिक चर्चित भयो किनकी यहाँ प्रष्ट देखिन्छ अनियमितता ।

आन्तरिक रुपमा छानविन गर्न नदिइनु, छानविन समितिको गठन भएको छ भनेर झुट्टा इमेल आईसिसि पदाधिकारीले पठाउनुले के दर्साउछ त ? हाल युएईमा छानविन समिती ICC सदस्य राजु केसिको संयोजनमा गठित त छ तर महिना पुग्न लाग्दासमेत प्रगतिको केही सुइको आएको छैन बरु रिपोर्ट तयार भए पश्चात् पनि एकै पटक सार्वजनिक नगर्न दवाब आएको एक सदस्यले बताए ।

 

जनसवाल राष्ट्रिय दैनिकको २०७७ चैत्र १० गते मंगलबारको इपेपर

एक अन्तर्राष्ट्रिय संगठनले महामारिको बेला नेपाली जीवन जोगाउन गरेको करोडौको सहयोगमा र्याल काट्दा के NRN को नेपालिका लागि नेपाली नारा चरितार्थ होला त ? गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष बद्री केसि , महासचिव हेमराज शर्माको मनोमानि र ढाकछोप गर्ने कु प्रयासले युएईमा NRN को भविष्य अन्योलमा रहेको एक पुरानो अभियन्ताले हामिलाई बताएका छन ।

छानविन समितिको रिपोर्ट के आउँछ त्यो समयले बताउला तर के यो खर्च बिवरण जायज छ त ? जनमानसले आफै बुझ्न सक्नु हुन्छ । हामिले फेब्रुअरीसम्मको खर्चको २१६५९१ दिर्हामको हिसाबको एक्सल शिट यहाँ राखेका छौ आफै मुल्यांकन पनि गर्नु होला र यो बिचार गर्नु होला यो मिलेमतोमा गरिएको अनियमितता हो या काम गर्ने क्रममा देखिएको कमजोरी हो यस बिषयमा हामीले आईसिसि उपाध्यक्ष बद्रि केसिसँग सम्पर्क गर्दा उनले सबै हिसाब पारदर्शी रहेको दाबी गर्दै कही कतै कमजोरी भए कारबाही गरिने बताए ।

खर्च विवरण

NRNA expences details.xls (1)






प्रतिक्रिया
सम्बन्धित समाचार