काठमाडौं । कोरियालगाएतका देशमा बिभिन्न अवार्ड गर्ने भन्दै दर्जनौं व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा हिमालयन नेपाली इभेन्ट्स नामक कम्पनीका संचालक शन्तलाल घिसिङ्ग(सबिन)लाई महानगरीय प्रहरी कार्यालय महाराजगंजबाट खटिएका प्रहरीले पक्राउ गरेको छ।
हिमालयन नेपाली इभेन्ट्स नामक कम्पनीले दक्षिण कोरियामा नेपाली लोक संगित अवार्ड आयोजना गर्ने भन्दै कलाकार र केहि गैर कलाकार गरि दुई दर्जन भन्दा बढी ब्यक्तिबाट लाखौं रकम असुलेर आयोजक सम्पर्क बिहिन भएपछि सामाखुसी स्थित कम्पनीको कार्यालयमा पटकपटक पिडितहरुले सम्पर्क गर्दा आयोजक अध्यक्ष सबिनले बेवास्ता गर्ने र उल्टै धाकधम्की दिने जस्ता क्रियाकलाप गरेपछि उजुरी दर्ता गरेको एक पीडितले बताए ।
केहि समय अघि दुबईमा हिमालयन नेपाली म्युजिक अवार्ड आयोजना गर्ने भनेर घिसिङ्गले कलाकारहरुबाट रकम असुली गरेका थिए । पछि सो कार्यक्रम पनि गर्न नसकेर काठमाडौ स्थित रास्ट्रीय नाचघरमा संचालन गरेर कलाकारको रकम फिर्ता नगर्ने प्रपन्च गरेपछि कलाकारहरुलाई थप पीडित बनेका थिए।
कार्यक्रमका बारेमा एक पीडितले आयोजक सबिन घिसिङसंग पैसा फर्काउन आग्रह गर्दा उल्टै धम्कीको भाषा आफुसँग प्रयोग गरेको र काङ्ग्रेसको ठुला नेताको साथ रहेको र पुर्ब सहायक कानुन मन्त्री दिलमान पाख्रीनको ज्वाई भएकाले प्रशासनले समेत केहि गर्न नसक्ने उनले दाबी गर्दै आएका थिए ।
बिश्वस्त स्रोतका अनुसार हिरासतमा रहेका सबिनलाई पुर्ब मन्त्री दिलमान पाख्रीनले हिरासत मुक्त गर्न प्रहरीलाई समेत प्रभावित गरेको स्रोतको दाबी छ । यसै सन्दर्भमा महानगरीय प्रहरी कार्यालय महाराजगन्जमा सम्पर्क राख्दा अभियुक्त सबिनको विरुद्ध दैनिक दर्जनौ ठगीका उजुरी परेको जानकारी गराए । महानगरीय प्रहरी कार्यालय महाराजगन्जका डिएसपि रोसन खड्काले उजुरी पर्ने क्रम जारी रहेकोले आफुहरु अनुसन्धानमै रहेको बताए । अहिले पनि घिसिङ्गलाई हिरासतमुक्त गराउन दैनिक केहि व्यक्ति जाने गरेका छन भने पिडितहरु आफुहरुको रकम फिर्ता र कारबाहीको माग गर्दै दैनिक प्रहरी कार्यालय धाउने गरेका छन ।

