बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

भारत-इंग्ल्यान्ड टी-२० श्रृंखला: निर्णायक खेल आज हुँदै

शनिबार, चैत्र ७ २०७७

काठमाडौं । भारत भ्रमणमा रहेको इंग्ल्यान्ड क्रिकेट टोली र भारतबीचको पाँचौं तथा अन्तिम टी-२० खेल आज हुँदै छ । श्रृंखला २-२ को बराबरीमा आएपछि यस खेलले निर्णायक खेलको रुप लिएको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा हुने खेल नेपाली समयअनुसार बेलुका ७:१५ मा सुरु हुने छ । भारतको कप्तानी विराट कोहली तथा इंग्ल्यान्डको कप्तानी इयान मोर्गानले गरिरहेका छन् ।

यसअघि भएका खेलअन्तर्गत पहिलो र तेस्रो टी-२० मा इंग्ल्यान्ड विजयी भएको थियो भने दोस्रो र चौथो टी-२० मा भारतले जीत निकालेको ३ेथियो ।

टी-२० विश्व वरियतामा इंग्ल्यान्ड शीर्षस्थानमा छ भने भारत दोस्रो स्थानमा रहेको छ । यी दुई टोलीबीच तीन खेलको एकदिवसीय श्रृंखला पनि हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार