आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नेप्लिज ग्यास्ट्रोनोमी सेफ कम्पिटिशन-२०२१ साथै नेपाली सेफ अवार्ड हुने

शुक्रबार, चैत्र ६ २०७७

काठमाडौं । ग्लोबल नेप्लिज सेफ फेडरेशन र अन्तर्राष्ट्रिय नेप्लिज सेफ्स सोसाइटी युकेको संयुक्त आयोजनामा अलोफ्ट होटलको प्रस्तुति रहेको नेपालिज ग्यास्ट्रोनोमी सेफ कम्पिटिशन-२०२१ साथै नेपालि सेफ अवार्ड हने भएको छ।
कार्यक्रम यहि २२ मार्च २०२१-(चैत्र ९गते) अलफ्ट होटल काठमाडौ को प्रयोजनमा सेन्चुरी मसला संगको सहकार्यमा काठमाण्डौ को पाँच तारे होटलमा हुन गइरहेको बिहीबार पत्रकार सम्मेलन गरि जानकारी गराइयो।

कम्पिटिशनहरु बाट नै नेपाली खानाको विकाश र विस्तार र नेपाली खानालाई स्तरिय बनाउन सहयोग पुग्ने आयोजक GNCF का अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले बताउनु भयो।
विश्व नेप्लिज सेफ सोसाइटीका संरक्षक सुर्य किरण श्रेष्ठले कम्पिटिशनका विविध विधाका वारेमा जानकारी गराउनु भयो।
प्रतिस्प्रदामा नितान्त नेपाली खाना र त्यसको प्लेटिङ्गमा फोकस हुने छ । ७/८ जनाले मात्र प्रतिसप्रदामा भाग लिन पाउने छन जो अनलाइन बाट छनोट गरिनेछ । यस प्रतिस्प्रधामा पहिला रु ५००००,दोस्रो रू३०००० र तेस्रो रू२०००० दिईने छ।

जजको रुपमा बिबिसी मास्टर सेफका उपबिजेता सन्तोष शाह र अल्फ्ट होटलका जिएम बिक्रम सिंघ रहेको जानकारी गराइयो।
यस कम्पिटिसन र अवार्ड लाई सेन्चुरि मसाला,बाबा तेल,अउरा हाइजिन,टुरिजम बोर्ड, गेट कलेज,रिट्ज कलेज,आइसिएचएम कलेज , मार्कोपोलो रेस्टुरेन्ट तथा विभिन्न संस्था हरुले साथ दिएको अध्यक्षद्वय भान्से लक्षमन भंडारि ले बताउनु भयो ।

बिदेशी पाँच तारे होटलहरुले पनि नेपाली खानालाई बिकास गरेरलैजानु पर्छ भन्ने मान्यता लाई आत्मसाथ गरेर यो कार्यक्रम को आयोजना गरेको अलफ्ट होटल काठमाडौ का जनरल मेनेजर बिक्रम सिंहले बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार