काठमाडौं(जस)–विवेकशील साझा पार्टीले प्रादेशिक समायोजन पूरा गरेको छ । पार्टीको बुधबार बसेको केन्द्रीय समिति वैठकले यसअघि पार्टी सचिवालयले प्रस्तुत गरेको ७ प्रदेशको संयोजक र विदेशस्थित विवेकशील साझा अन्तर्राष्ट्रिय समितिको संयोजकलाई अनुमोदन गरेसँगै एकीकरणको पहिलो चरण समापन भएको हो ।
केन्द्रीय समिति वैठकले प्रदेश १ मा महेन्द्र थापा, प्रदेश २ मा अनिमेष कुमार मिश्र, बागमती प्रदेशमा रञ्जु दर्शना,गण्डकी प्रदेशमा महेश भण्डारी,लुम्बिनी प्रदेशमा अनुपमान सैंजु, कर्णाली प्रदेशमा गेहेन्द्र दाहाल र सुदूरपश्चिम प्रदेशमा गोपाल हमाललाई संयोजकमा अनुमोदन गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले बताए ।
यसैगरी वैठकले विगत ६ बर्षदेखी प्रवासमा रहेर श्रमिकका दुःख सुखमा काम गर्दै,वैचारिक र सामाजिक रुपमा सक्रिय रहेका गोरखाका सुरेश भट्टलाई विवेकशील साझा पार्टी अन्तर्राष्ट्रिय संयोजकमा अनुमोदन गरेको छ । वैकल्पिक राजनीतिको नेतृत्व गरिरहेको विवेकशील साझा पार्टीले कल्याणकारी लोकतन्त्र, सुसंस्कृत राजनीति, समतामूलक सम्वृद्धि, परिवर्तन हाम्रै जीवनकालमा भन्दै उदाएको भ्रष्टाचार विरोधी विवेकशील साझा पार्टीले एकै पुस्ताभित्र मुलुक रुपान्तरण गर्ने लक्ष्य राख्दै भरपर्दो विकल्पको रुपमा आफूलाई जनतामाझ उभ्याएको बताउँदै आएको छ। गत निर्वाचनमा विवेकशील साझा पार्टीले आफूलाई तेस्रो शक्तिका रुपमा स्थापित गराएको थियो।