आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

फूडमाण्डुबाट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्न सकिने, २५ प्रतिशत क्यास ब्याकको योजना पनि शुरु

बुधबार, चैत्र ४ २०७७

काठमाडौं । ‘आइएमई पे’ र फूडमाण्डुबीच सम्झौता भएको छ । सम्झौताअनुसार अनलाइन फुड डेलिभरी सेवा प्रदायक कम्पनी फूडमाण्डुबाट खरिद गर्दा सेवाग्राहीहरुले अबदेखि आइएमई पे एपमार्फत् सजिलैसँग भुक्तानी गर्न सक्नेछन् ।

फूडमाण्डु र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच भएको सम्झौता पश्चात अबदेखि आइएमई पेको भुक्तानी सेवा फूडमाण्डुको एप र वेब दुवैमा शुरु गरिएको हो ।

उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका बजार प्रमुख गुण श्रेष्ठले फूडमाण्डुमा ‘आइएमई पे’ को भुक्तानी सेवासँगै २५ प्रतिशत क्यास ब्याकको योजना पनि शुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विश्वस्त रहेको बताए ।

यस्तै फूडमाण्डुका ब्राण्ड, मार्केटिङ्ग तथा बिक्री प्रमुख श्यामरत्न मालीले फूडमाण्डुबाट खरिद गर्दा ‘आइएमई पे’मार्फत् भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार