आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

प्याराग्लाइडिङ दुर्घटना भई फेवा तालमा खसेका सैनिक जवानको मृत्यु

मंगलबार, चैत्र ३ २०७७

पोखरा / पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक सैनिक जवानको मृत्यु भएको हो । सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा सोमबार दिउँसो दुर्घटना भएको हो ।

प्याराग्लाइडिङबाट फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनापछि सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पुर्‍याएकामा थिए । उपचारका क्रममा साँझ ४ः४५ बजे उनको मृत्यु भएको हो ।

मगर सेनाको कालीजङ गणमा कार्यरत थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार