शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै, बादललगायतका नेता नफर्किएमा कारबाही गर्ने

सोमबार, चैत्र २ २०७७

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बिहान ९ बजे राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठक बस्न लागेको नेता देव गुरुङले जनकारी दिए ।

बैठकमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग भएको छलफल र सम्भावित सत्ता समीकरणको विषयमा छलफल हुने बताइएको छ ।

माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका नेता रामबहादुर थापालगायत २३ जनालाई माओवादी केन्द्रमा नै फर्कन आह्वान गर्ने उनिहरु नफर्किएमा कारबाही गर्ने तयारी भएको छ ।

फागुन २३ मा सर्वोच्च अदालतको निर्णयपछि नेकपा एमाले र माओवादी केन्द्र अलग अलग पार्टीको भुमिकामा रहेका छन् ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने नेताहरुले बताएका थिए । तर, सरकारलाई दिइएको समर्थन फिर्ता लिनेबारे माओवादी केनद्र अझै निर्णयमा पुग्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार