शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एमालेमा माधव नेपाल पक्षद्वारा समानान्तर कमिटी गठन, राष्ट्रिय कार्यकर्ता भेला चैत ४ र ५ गते

शनिबार, फाल्गुन २९ २०७७

काठमाडौं, २९ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेताहरुलाई पदच्युत गर्दै कमिटीहरु विस्तार गरेपछि माधव नेपाल–झलनाथ खनाल पक्षले त्यसलाई काउन्टर गर्दै समानान्तर कमिटी विस्तार गरेको छ ।

जसअनुसार प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, प्रदेश ३ को अष्टलक्ष्मी शाक्यलाई, प्रदेश ४ को जिम्मा सुरेन्द्र पाण्डेलाई, ५ र ६ को जिम्मा युवराज ज्ञवालीलाई र प्रदेश ७ को जिम्मा भीम रावललाई दिइएको छ । त्यस्तै, युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ ।
राष्ट्रिय कार्यकर्ता भेला चैत ४ र ५ गते
नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपाल–खनाल समूहले चैत ४ र ५ गतेलाई राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । शनिबार वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल निकट केन्द्रीय सदस्यहरुको बैठकले केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य हुने भन्दै राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय गरेको हो ।

बैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको नेता भीम रावलले जानकारी दिए । उनका अनुसार भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई बोलाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार