आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

मंगलबार नेपालमा ५९ जनामा कोरोना संक्रमण, एकको मृत्यु

मंगलबार, फाल्गुन २५ २०७७

काठमाडौं । नेपालमा मंगबार थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २ हजार ७१५ जनाको पीसीआर परीक्षण गरिएकोमा थप ५९ जनामा कोराना भाइरस संक्रामण पुष्टि भएको हो।

यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ५६९ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ७० हजार ९८७ जना पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२ जना पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार