दोलखा । दोलखाको वैत्येश्वर गाउँपालिका-६ नाम्दुमा जिपले किचेर एकजनाको मृत्यु भएको छ । वैत्येश्वर गाउँपालिका-६ को नाम्दु पैयूँखोलामा बा १४ च ९९९३ नंको बोलेरो जिपले किचेर नाम्दु निवासी ४० वर्षीय बद्री थामीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यात्रु लिएर नाम्दुको पैयूँखोलाको भित्री सडकमा गएको बोलेरोको बिग्रिएपछि रोकेर यात्रुहरु ओर्लिएको र सोही क्रममा रोकेको बोलेरो गुडेर बद्री थामीलाई किचेको हो ।
शव परीक्षणका लागि चरीकोट ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको डीएसपी रिजालले बताए ।