शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

संसद् सचिवालयमा ११२ सांसदसहित संसदीय दलको नेतामा प्रचण्डको पत्र दर्ता

आइतबार, फाल्गुन २३ २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड माधव पक्षले संसदीय दलको नेता परिवर्तन गरेको पत्र संसद् सचिवालयमा दर्ता गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेतामा चयन भएको पत्र दर्ता गरेको सांसद् रामनारायण बिडारीले जानकारी दिए ।

उनले अनुसार पत्रमा ११२ सांसदको हस्ताक्षर रहेको छ। प्रमुख सचेतकमा देव गुरुङलाई निरन्तरता दिनुपर्ने दाबी गरेको छ। प्रधानमन्त्री ओलीले गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेका थिए। यसअघि संसदीय दलको नेता बनाउन संसद् सचिवालयले अस्वीकार गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार