आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

प्रचण्ड-नेपाल पक्षद्वारा ओली र नेम्वाङलगायतलाई हटाउने निर्णय संसद सचिवालयलाई जानकारी

बिहिबार, फाल्गुन २० २०७७

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समुहले संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुबासचन्द्र नेम्वाङ र सचेतक शान्ता चौधरीलगायतका नेताहरुलाई हटाएको बारे संसद सचिवालयलाई जानकारी दिएको छ ।

विहिबार प्रमुख सचेतक देव गुरुङ, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, दिनानाथ शर्मा, पम्फा भुसाल लगायतका नेताहरु संसद सचिवालय पुगेर पार्टीको केन्द्रीय कमिटीले गरेको निर्णय जानकारी गराएका हुन् ।

नेकपाको प्रचण्ड-नेपाल पक्षको बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले ओलीसहित नेम्वाङ र चौधरीलाई संसदीय दलको जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार