काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूह र सरकारबीचको वार्ता सफल भएको छ । बिहीबार सरकार र यो समूहबीच तीन बुँदे सहमति भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए ।
अब सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको छ भने विप्लव समूह पनि मूलधारमा आउने भएको छ ।
वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।
सहमतिको विस्तृत विवरण फागुन २१ गते दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने भएको छ । सहमतिमा सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।
विप्लव समूहसँगको तीन बुँदे सहमतीपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले शुक्रबार संयुक्त सम्बोधन गर्ने भएका छन् । विशेष समारोहलाई शुक्रबार दिउँसो २ बजे लाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्नेछन् ।
विशेष समारोह राष्ट्रिय सभागृहमा आयोजना हुने बताइएको छ ।
