शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

नेपाली राजदूतावास ओमानद्धारा वैज्ञानिक फोहोर व्यवस्थापन सम्बन्धी अन्तरक्रियात्मक वेभिनार आयोजना (विज्ञप्तिसहित)

बिहिबार, फाल्गुन २० २०७७

काडमाडौं । नेपाली राजदूतावास ओमानले वैज्ञानिक फोहोर व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक वेभिनार आयोजना गरेको छ । क्त कार्यक्रममा नेपालका ६ वटै महानगरपालिका तथा ओमानमा सन् २००९ देखि फोहोर व्यवस्थापनको काम गर्दै आएको ओमानको सरकारी कम्पनी अल वियाको सहभागिता रहेको थियो ।

ओमानका लागि नेपालको राजदूत महामहिम सर्मिला पराजुली ढकालको उद्‍घाटन मन्तव्यसँगै सुरू भएको उक्त कार्यक्रमको सञ्‍चालन दूतावासका द्बितीय सचिव सोमेश थापाज्युले गरेका थिए ।

सो कार्यक्रमको सुरूवातमा कार्यक्रमका अतिथि ललितपूर महानगरपालिकाका मेयर श्री चिरीबाबु महर्जनज्यूले दूतावासको पहललाई धन्यवाद प्रकट गर्दै सबै देश र शहरको अत्यावश्यकीय पाटो फोहोर व्यवस्थापनमा यस वेभिनारबाट सहभागीहरूको क्षमता वृद्धि हुने विश्वास लिएको जानकारी गराए ।

प्रेस विज्ञप्ति
आज 2077/11/19 गते बुधबार नेपाली राजदूतावास ओमानले वैज्ञानिक फोहोर व्यवस्थापन सम्बन्धी एक अन्तरक्रियात्मक वेभिनार आयोजना गर्‍यो। उक्त कार्यक्रममा नेपालका ६ वटै महानगरपालिका तथा ओमानमा सन् २००९ देखि फोहोर व्यवस्थापनको काम गर्दै आएको ओमानको सरकारी कम्पनी अल वियाको सहभागिता रहेको थियो।ओमानका लागि नेपालको राजदूत महामहिम श्री सर्मिला पराजुली ढकालज्यूको उद्‍घाटन मन्तव्यसँगै सुरू भएको उक्त कार्यक्रमको सञ्‍चालन दूतावासका द्बितीय सचिव श्री सोमेश थापाज्युले गर्नुभएको थियो।सो कार्यक्रमको सुरूवातमा कार्यक्रमका अतिथि ललितपूर महानगरपालिकाका मेयर श्री चिरीबाबु महर्जनज्यूले दूतावासको पहललाई धन्यवाद प्रकट गर्दै सबै देश र शहरको अत्यावश्यकीय पाटो फोहोर व्यवस्थापनमा यस वेभिनारबाट सहभागीहरूको क्षमता वृद्धि हुने विश्वास लिएको जानकारी गराउनु भयो। कार्यक्रमका अर्का अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर श्री विजय कुमार सरवागीज्यूले छोटो भनाइ राख्दै फोहोर व्यवस्थापनको क्षेत्रमा पहिलो पटक यस्तो संयुक्त कार्यक्रमको आयोजना भएकोले दूतावासलाई विशेष धन्यवाद प्रकट गर्नुभयो।त्यसैगरी ओमानको सरकारी कम्पनी अल वियाका कार्यकारी उपाध्यक्ष श्री मोहम्मद सुलेमान अल हार्थीज्यूले कार्यक्रमको सान्दर्भिकताका बारेका आफ्ना भनाइहरू राख्दै यस्ता कार्यक्रमहरू तथा अन्य कुनै पनि किसिमका सहयोगको लागि आफू सँधै तत्पर रहेको बताउनु भयो।मुख्य गरी फोहोर व्यवस्थापन सम्बन्धी अनुभव तथा कार्ययोजनाहरू आदानप्रदान गर्ने उद्देश्य रहेको सो कार्यक्रममा ओमानको तर्फबाट ई. श्री खामिस अल सियाबीज्यूले ओमानले वैज्ञानिक फोहोर व्यवस्थापन सम्बन्धमा अवलम्बन गर्दै आएको अभ्यास तथा अनुभवहरू प्रस्तुत गर्नुभएको थियो भने नेपालका तर्फबाट क्रमशः काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख श्री हरि कुमार श्रेष्ठज्यू, ललितपूर महानगरपालिकाका वातावरण विभागका ईन्जिनियर श्री प्रदिप कुमार अमात्यज्यू, विराटनगर महानगरपालिकाका ईन्जिनियर श्री घनश्याम काफ्लेज्यू, वीरगंज महानगरपालिकाका वातावरण विभागका ईन्जिनियर श्री राजीव सिंहज्यू, भरतपूर महानगरपालिकाका ईन्जिनियर श्री बिराट घिमिरेज्यू तथा पोखरा महानगरपालिकाका श्री सबिना गौतमज्यूले फोहोर व्यवस्थापनका क्षेत्रमा तत् तत् महानगरपालिकाहरूको विद्यमान अभ्यास तथा भविष्यको रणनीति सम्बन्धमा प्रस्तुति दिनुभएको थियो।सम्पूर्ण प्रस्तुतिहरू पश्चात् सहभागीहरुको तर्फबाट जिज्ञासा एवम् रचनात्मक सुझावहरूमा समेत छलफल भएको थियो।
महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले कार्यक्रमलाई सफल बनाउन सक्रिय भूमिका खेल्नुभएकोमा सहभागी सबैलाई धन्यवाद प्रकट गर्दै यस किसिमको अन्तरक्रियात्मक कार्यक्रमले चूनौतीको रूपमा रहेको फोहोरमैला व्यवस्थापन सम्बन्धी समस्यालाई एक-अर्काको उत्तम अनुभव आदाप्रदान मार्फत् वैज्ञानिक ढङ्गले समाधान गर्न सहज हुने बताउनु भयो।
उक्त कार्यक्रममा अल विया कम्पनीका तर्फबाट क्षेत्रीय सञ्चालन प्रबन्धक श्री अहमद मुबारक अल अरेमी, रणनीतिक प्रबन्धक श्री फात्मा अल मुजैनी तथा नेपालका छ वटा महानगरपालिकाका मेयर, वरिष्ठ पदाधिकारीज्यूहरू तथा नेपाली दूतावासका कर्मचारीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।
नेपाली राजदूतावास
मस्कट, ओमान।
19 फागुन २०७७, बुधबार (तदनुसार ३ मार्च , २०२१)

प्रतिक्रिया
सम्बन्धित समाचार