शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

त्रिवि सेवा आयोगको दरखास्त फारम शुल्क ‘खल्ती’बाटै तिर्न सकिने

बुधबार, फाल्गुन १९ २०७७

काठमाडौं(जस)–त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ । आयोगले ठूलो संख्यामा कर्मचारीका लागि आवेदन माग गरेको छ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले प्रकाशन गरेको विज्ञापनमा आयोगको वेबसाइटबाट अनलाईन आवेदन दिन सकिन्छ ।
अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट गर्नुपर्छ । खल्ती छनौट गरेपछि आफ्नो युजरनेम र पासवर्ड हालेर लग–इन गरेपछि तोकिएको शुल्क भुक्तानी खल्तीबाट गर्न सकिन्छ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले प्राध्यापक, सह–प्राध्यापक, तथा उप–प्राध्यापक पदमा खुला र आन्तरिक प्रतियोगिताको लागि आवेदन आह्वान गरेको हो ।
खल्ती डिजिटल वालेटको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । ‘खल्ती’ वालेटको प्रयोग गरी ६० बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।
साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १४ लाखभन्दा बढी छन् । ‘खल्ती’ एप यो खल्तीडटकम बाट डाउनलोड गरी उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ । मोबाइलमा डाउनलोड गर्न गुगल प्ले स्टोर वा एप्पल स्टोरमा यो एप उपलब्ध छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार