आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

मोलुङ्ग हाइड्रोपावरको आईपीओ बिक्री प्रवन्धकमा सनराइज क्यापिटल

बुधबार, फाल्गुन १९ २०७७

काठमाडौं(जस)–मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले मंगलबार आईपीओ निष्काशन तथा बिक्रीका लागि सनराइज क्यापिटलसँग सम्झौता भएको हो । कम्पनीले सर्वसाधारणहरुको लागि निष्काशन गरिने १०० रुपैयाँ अकिंत ३५ लाख ३१ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।
जसमा आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाका वासिन्दाहरुका लागि ८ लाख २ हजार ५ सय कित्ता शेयर छुट्याएको छ । साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट प्रबन्ध संचालक अमृत कुमार महर्जन तथा सनराइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच सम्झौता भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार