काठमाडौँ । ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ताप्लेजुङको ओलांगचुंगोला केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको जानकारी दिएको छ ।
भूकम्प बिहान ७ बजेर ३५ मिनेट जादा गएको केन्द्रले जनाएको छ ।
भूकम्पबाट क्षति भए नभएको विवरण अहिलेसम्म प्राप्त भएको छैन ।