बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

कतारमा कार्यरत नेपालीलाई नेपालको इज्जत र आफ्नो स्वाभिमान तथा आत्मसम्मान कायम गर्न राजदूतको जोड (फोटोफिचर)

आइतबार, माघ ४ २०७७

काठमाडौं । कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वजले कतारस्थित विभिन्न पेशा तथा व्यवसायमा आबद्ध नेपालीहरुलाई आफ्नो पेशाप्रति सधैं इमान्दार रहन आग्रह गरेका छन्।

शुक्रबार दोहास्थित गरिएको श्रमिक सुरक्षा र सचेतनामूलक अन्तरक्रिया कार्यक्रममा बोल्दै राजदूत भारद्वजले सो आग्रह गरेका हुन्। कतारमा रहेका नेपालीहरुले स्थानीय संस्कृति, धर्म र प्रचलित कानुन प्रतिकुल नहुने गरी सजग रुपमा काम गरी नेपालको इज्जत र आफ्नो स्वाभिमान तथा आत्मसम्मान कायम गर्नसमेत उनले जोड दिए ।

कार्यक्रममा खास गरी वैदेशिक रोजगारीका सिलसिलामा कतार प्रवेश अगाडि तथा प्रवेशपश्चात गर्न हुने तथा गर्न नहुने कामहरूलगायत कतारको कानुनको विषयमा प्रस्तुत गरिएको थियो। त्यस्तै कोभिड-१९ को संक्रमणको विद्यमान परिस्थितिमा कतार सरकारले अवलम्बन गरेका सुरक्षाका उपायहरु पालना गर्दै सबैले थप सजग र सुरक्षित हुनुपर्ने विषयमा समेत कार्यक्रम केन्द्रित थियो।

यसका साथै, राजदूतावासले जारी गर्ने राहदानी र ट्राभल डकुमेन्ट लगायत कन्सुलर सेवाका बारेका संक्षिप्त प्रस्तुतीकरण गरी यस विषयमा सहभागीहरूले उठान गरेका विविध प्रश्नहरूको जवाफ दिइएको थियो।

श्रमिक सुरक्षा र सचेतनामूलक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएकोबारे

नेपाली राजदूतावास दोहाले आज मिति २०७७ माघ २ गते शुक्रबारका दिन दोहास्थित Al Dalla Contracting Company मा कार्यरत ३० जना नेपाली महिला दिदी बहिनीहरुका लागि राजदूतावास भवनमा श्रमिक सुरक्षा र सचेतनामूलक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्यो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कतारका लागि नेपाली राजदूत महामहिम डा. नारद नाथ भारद्वाजज्यूले विभिन्न पेशा, व्यवसायमा आवद्ध कतारमा रहनुहुने सबै नेपाली नागरिकहरूले स्थानीय संस्कृति, धर्म र प्रचलित कानून प्रतिकूल नहुने गरी सजक रही आफ्नो पेशा प्रति ईमान्दार रहन अनुरोध गर्दै उपस्थित सबै दिदीबहिनीहरूलाई नेपालको ईज्वत र आफ्नो स्वाभिमान र आत्मसम्मानलाई मनमा राखेर कार्य गर्न अनुरोध गर्नुभयो ।

आजको कार्यक्रममा ख़ास गरी वैदेशिक रोजगारीका सिलसिलामा कतारमा आउनु अघि र आए पश्चात गर्न हुने र गर्न नहुने कामहरु र कतारको कानूनका विषयमा प्रस्तुतीकरण गरिएको थियो । कोभिड १९ को संक्रमणको विध्यमान परिस्थितिमा कतार सरकारद्वारा अवलम्बन गरिएका सुरक्षा र सतर्कताका उपायहरूको पालना गर्दै सबैले थप सजग र सुरक्षित हुनुपर्ने विषयलाई समेत आजको कार्यक्रममा समावेश गरिएको थियो।

यसका साथै, राजदूतावासले जारी गर्ने राहदानी र ट्राभल डकुमेन्ट लगायत कन्सुलर सेवाका बारेका संक्षिप्त प्रस्तुतीकरण गरी यस विषयमा सहभागीहरूले उठान गरेका विविध प्रश्नहरूको जवाफ दिइएको थियो ।

उक्त सचेतना कार्यक्रममको उदेश्यबारे द्वितीय सचिव श्री भुवन भट्ट, श्रमसँग सम्वन्धित बिषयमा श्रम काउन्सेलर श्री कृष्णप्रसाद खनाल, राहदानी तथा ट्राभल डकुमेन्ट सम्बन्धी सेवाको वारेमा द्वितीय सचिव श्री श्रचा भट्टराईले प्रस्तुति गर्नुभएको थियो भने द्वितीय सचिव श्री प्रवीण भट्टराईले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

सहभागीहरुले उठाउनु भएका जिज्ञासाहरूको नियोग उपप्रमुख श्री लक्ष्मण खनालले जबाफ दिनु भएको थियो । सो कार्यक्रममा
राजदूतावासका कूटनीतिक र स्थानीय कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमको समापन पश्चात सहभागिहरूको साथमा नेपाली खाना खाएर एक आपसमा अनौपचारिक अन्तरक्रिया समेत गरिएको थियो ।


नेपाली राजदूतावास
दोहा ।
२०७७ माघ २ गते

प्रतिक्रिया
सम्बन्धित समाचार