मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

काराबाओ कप : युनाइटेडलाई हराउँदै सिटी फाइनलमा

बिहिबार, पुष २३ २०७७

काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई हराउँदै म्यानचेस्टर सिटी इएफएल काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको सेमिफाइनल खेलमा युनाइटेडलाई २-० गोलअन्तरले हराउँदै सिटी फाइनल प्रवेश गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सिटीले खेलको ५० औं मिनेटमा अग्रता बनाएको थियो। सिटीलाई अग्रता जोन स्टोनेसले दिलाएका थिए भने फेरनान्डिन्होले ८३ औं मिनेटमा सिटीका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए।

जितसँगै सिटी फाइनल प्रवेश गरेको छ। फाइनलमा सिटीले टोटेन्हम हट्सपरको सामना गर्नेछ। फाइनलमा जितेको सिटीले लगातार चौथो वर्ष इएफएल कारबाओ कपको उपाधि जित्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार