बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

कतारले भव्य रुपमा मनायो १४२ औ राष्ट्रिय दिवस

आइतबार, पुष ५ २०७७

दोहा, कतार / कतारका संस्थापक शैख जासिम बिन मोहम्मद बिन अल थानी हुन। शेख जासिमले शासनभार सम्हालेको दिन डिसेम्बर १८ सन् १८७८ लाई कतारको इतिहासमा स्वर्ण अक्षरले लेखिएको ऐतिहासिक दिन मानिन्छ।यसैको सम्झनामा कतारमा हरेक वर्ष राष्ट्रिय दिवस मनाउने गरीएको छ।उनको एकीकरण र राज्यप्रतिको बफादारीको परिणाम हो आज कतार बिश्व जगतको शिखर बिन्दुमा स्थापित छ ।

बिश्वको धनि देश कतारले आफ्नो १४२ औ राष्ट्रीय दिवस भव्यताका साथ मनाएको छ । दोहाको मुटुमा रहेको कर्नेचमा सिमीत आमन्त्रीत अतिथीहरु तथा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको समुपस्थितीमा शुक्रबार बिहान बिभीन्न सुरक्षा बिभागका अघिकारीहरुले कला कौसलताको प्रदशनि गरेका छन । प्याराग्लाईडिङ, परेड तथा बिभीन्न किसीमका पर्दशनी गरीएको थियो ।

राष्ट्रीय दिवसको अवसर पारेर फिफा वल्डकप २०२२ को लागी तयार गरीएको रैयान फुटवल स्टुडियमको समेत उदघाटन गरीएको छ भने अमिर कप (फुटवल) को फाईनल खेल समेत सोही स्टुडममा खेलाईएको छ । उक्त खेलमा अल अरवी क्लवलाई १ का बिरुद्घ २ गोलले हराउदै अलसाद क्लव बिजयी भएको छ ।

राजा शैख तमीम बिन हमद अल थानीले राष्ट्रिय दिवसको अवसरमा बिभीन्न अभियोगमा जेल जिवन बिताईरहेका १६ जना आप्रवासी कैदिहरुलाई आममाफी समेत दिनु भएको छ । साथै अमिरले कतारका सम्पूर्ण बासिन्दा तथा आप्रवासी नागरिकलाई शुभकामना सन्देश समेत दिनु भएको छ । तत्कालीन उत्तराधिकारी एवम् युवराज तथा हालका कतारी अमीरको आदेश अनुसार २१ जुन २००७ बाट १८ डिसेम्बरमा राष्ट्रिय दिवसको रुपमा सार्वजनिक बिदा दिन थालिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार