सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

सोमबार १ हजार ४७४ कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १ हजार ९३१

सोमबार, मंसिर १५ २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ४७४ जना कोरोना संक्रमित थपिएका छन्।

सोमबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकअनुसार थप १ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यससँगै हालसम्म जम्मा संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ। भने देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विवरणअनुसार २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार ९३१ रहेको छ।

पछिल्लो २४ घण्टामा मृत्यु हुने कोरोना संक्रमितको संख्या २९ छ भने हालसम्म १ हजार ५०८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।

प्रतिक्रिया
सम्बन्धित समाचार