सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

आजदेखि कोरोना जाँचका लागि एन्टिजेन परीक्षण हुने, आधा घण्टाभित्रै रिपोर्ट

सोमबार, मंसिर १५ २०७७

काठमाडौं । सरकारले कोरोना जाँचका लागि आजदेखि एन्टिजेन परीक्षण गर्ने भएको छ। काठमाडौं उपत्यकामा आजदेखि हरेक दिन करिब ५ सय जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिने राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले जानकारी दिए।

काठमाडौं महानगरपालिकाको वडा नम्बर ४, ७ र ९ मा आजदेखि एन्टिजेन परिक्षण शुरु हुन लागिएको पाण्डेले बताए। उनका अनुसार महानगरपालिकाका जोखिमयुक्त स्थान गौरीघाट, चावहिल, विशालनगर, धुम्बाराही, बत्तीसपुतली र मित्रपार्कमा आज एन्टिजेन परिक्षण हुनेछ।

पहिले काठमाडौं उपत्यकामा परिक्षण गरिने र त्यसको प्रभावकारिताको अवस्था हेरेर उपत्यका बहिर पनि यो परिक्षण विधि प्रयोग गरिने महाशाखाले जनाएको छ। सातै वटा प्रदेशमा एन्टिजेन परिक्षणका लागि तालिम शुरु भइसकेको पनि डा. पाण्डले जानकारी दिए।

एन्टिजेन सामान्य परीक्षणको आधारमा कोरोना संक्रमण भएनभएको थाहा पाइने विधि हो। परीक्षण विधि सजिलो भए पनि यसका लागि पनि नाक र घाँटीबाट स्वाब लिनुपर्छ। एन्टिजेन परीक्षणले पनि शरीरमा कोरोना भाइरस रहे–नरहेको पत्ता लगाउने तर भाइरस पत्ता लगाउनका लागि उपकरण चहिँदैन।

घाँटी र नाकको स्वाब लिएर सानो थर्मोमिटर भन्दा अलि मोटो लाम्चो र्या‍‍पिट एन्टीजेन किटमा एक थोपा राख्दा लाइन आयो भने ऊ कोरोनाभाइरस संक्रमित छ वा पोजेटिभ छ भन्ने थाहा हुन्छ।

पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको दिनदेखि ४८ देखि ७२ घण्टामा मात्रै नतिजा थाहा पाउन सकिनेमा एन्टिजेनमा आधारित परीक्षण गर्दा १५ मिनेटमा नै रिर्पोट आउने बताइएको छ। पिसिआरको तुलनामा एन्टिजेनमा आधारित परीक्षण धेरै सस्तो पनि पर्ने विज्ञहरुको भनाइ छ

प्रतिक्रिया
सम्बन्धित समाचार