मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

एसोसिएट राष्ट्रका यो दशकका उत्कृष्ट खेलाडीमा पारस खड्का मनोनयनमा

मंगलबार, मंसिर ९ २०७७

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले एसोसिएट राष्ट्रका यो दशकका उत्कृष्ट पुरुष खेलाडीको सूची सार्वजनिक गरेको छ ।

आइसिसीले मङ्गलबार निकालेको ६ जनाको सूचीमा नेपालका पूर्व कप्तान पारस खड्का पनि छन् । उनीसँगै यो सूचीमा स्कटल्यान्डका ३, नेदरल्यान्ड र पपुवा न्युगिनीका एक–एक खेलाडी परेका छन् ।

पारसले सन् २००४ मा मलेसिया विरुद्धको खेलबाट नेपालका लिग डेब्यु गरेका थिए । उनको कप्तानीमा नेपालले सन् २०१४ को टि–२० विश्वकप खेल्नुका साथै सन् २०१८ मा एकदिवसीय मान्यता पाएको थियो । करिब एक दशक नेपाली क्रिकेट टिमको नेतृत्व गरेका पारसले गत वर्ष कप्तानी पद छाडेका थिए ।

पारस नेपालका लागि एकदिवसीय तथा टि–२० अन्तर्राष्ट्रिमा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । उनले ६ अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा समान १–१ शतक र अर्धशतकसहित २३५ रन बनाएका छन् । १५ टि–२० अन्तर्राष्ट्रियमा १ शतक र ३ अर्धशतकसहित ७७४ रन बनाएका छन् ।

पारसले २ फस्ट क्लास ७४ र ४० लिस्ट ‘ए’ खेलमा ३ शतक र ९ अर्धशतक सहित १ हजार ४१७ रन बनाएका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ९, टि–२० अन्तर्राष्ट्रियमा २ फस्ट क्लासमा १ र लिष्ट ‘ए’ मा २६ विकेट पनि लिएका छन् ।

मनोनयनमा परेका खेलाडीको सूची
काइले कोइटजर –स्कटल्यान्ड
कुलम म्याक्लोइड –स्कटल्यान्ड
पारस खड्का –नेपाल
रिचेइ बेरिङ्टन –स्कटल्यान्ड
असद भाला –पपुवा न्युगिनी
पिटर बोरेन –नेदरल्यान्ड

प्रतिक्रिया
सम्बन्धित समाचार