बुधबार, असोज ७ २०८३

बुधबार, असोज ७ २०८३

देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम ४ डिग्री सेल्यियस

मंगलबार, मंसिर २ २०७७

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान ६ दशमलव ४ डिग्री सेल्यियस मापन भएको छ।

यो यस वर्षकै सबैभन्दा कम तापक्रम भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण आज दिनभर पनि देशभरको मौसम बदली हुनेछ।

उच्च पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको पनि संभावना रहेको महाशाखाकी मौसमवीद् प्रतिभा मानन्धरले जानकारी दिइन्। गएराति हुम्ला, डोल्पा, मनाङ, मुस्ताङ, पुर्वी रुकुम लगायतका स्थानमा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार