मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

नेपालले बङ्गलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै, नेपाललाई पहिलो हारको बदला लिने मौका

मंगलबार, मंसिर २ २०७७

काठमाडौं, २ मंसिर । नेपाल र बङ्गलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल मङ्गलबार हुँदैछ । यी दुईबीचकाे खेल बेलुकी पौने ५ बजे बङ्गबन्धु रङ्गशाला ढाकामा हुनेछ ।

मुजिब बर्सो फिफा इन्टरनेशनल सिरिज अन्तर्गत कात्तिक २८ गते भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग २–० गोलले पराजित भएको थियो । मङ्गलबारकाे खेल भने कुनै पनि हालतमा जित्ने लक्ष्य राखेको प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् ।

पाँच वर्षपछि पहिलो पटक बङ्गलादेशसँग पराजित भएको नेपालले याे खेलमा कम्तीमा २–० गोल अन्तरले जित निकाल्न सकेमा ट्रफीको छिनोफानो पेनाल्टी शूटआउटबाट तय हुनेछ । उपाधिको लागि याे खेल जित्नैपर्ने दबाबमा रहेको भन्दै नेपाली टिमका मुख्य प्रशिक्षक महर्जनले पनि पहिलो खेलमा भएको कमी कमजोरी सच्याएर बङ्गलादेशसँगको खेलका लागि टिम तयार रहेको बताएका छन् ।

अभ्यासका लागि पर्याप्त समय नपाएको र नयाँ खेलाडी हुनुले पनि बङ्गलादेशसँगको पहिलो खेल हारेको भन्दै महर्जनले दोस्रो खेलमा नेपालले सुधारिएको प्रदर्शन गर्ने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार