मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

रामोसले दुई पेनाल्टी मिस गरेपछि स्पेन स्वीट्जरल्याण्डसँग बराबरीमा रोकियो

आइतबार, कार्तिक ३० २०७७

काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत स्पेन स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा स्पेन र स्वीट्जरल्याण्ड १-१ गोलको बराबरीमा रोकिएका हुन् । स्पेनका जेरार्ड मोरेनोले खेलको ८९औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका हुन् । यस अघि खेलको २६औ मिनेटमा स्वीट्जरल्याण्डका लागि रिमो फ्रेउलेरले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।

यस खेलमा निको एल्भेडीले खेलको ७९औ मिनेटमा रातो कार्ड पाएपछि स्वीट्जरल्याण्ड १० खेलाडीमा सिमित भएको थियो ।

त्यस्तै यस खेलमा स्पेनका सर्जियो रामोसले दुई पेनाल्टी मिस गरेका थिए । रामोसले खेलको ५७औ र ८०औ मिनेटमा हानेको पेनाल्टी मिस भएको थियो । यो बराबरीपछि स्पेनको समुह चारमा ५ खेलमा ८ अंक भएको छ भने स्वीट्जरल्याण्डको ५ खेलमा ३ अंक रहेको छ ।

अब यस समुहको अन्तिम खेल आगामी बुधबार स्पेन र जर्मनीबीच हुने छ भने युक्रेन र स्वीट्जरल्याण्ड खेल्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार