काठमाडौं । बहुप्रतिभासाली कलाकार रमेश दुलाल ‘कागे’ ले गरे काग तिहारका अवसरमा इलाममा १७ औंकाग सम्मेलन गरेका छन् । हरेक वर्ष काठमाडौंमा काग सम्मेलन गर्दै आएका दुलालले यसपटक आफ्नो जन्मस्थान इलाममा काम गरेका हुन् । काग सम्मेलनमा दुलालले कागको स्वर निकालेपछि ३ सयभन्दा बढी कागहरु जम्मा भएका थिए । ‘कागे’ उपनाम पाएका दुलालले हरेक वर्ष काग तिहारको अवसर पारेर काग सम्मेलन आयोजना गर्दै आएका छन् ।

कार्यक्रममा इलाम जिल्ला प्रसासन कार्यलय प्रमुख (सिडियो) तुलसीप्रसाद सेढाई, जिल्ला प्रहरी प्रमुख नबिन राई, समाजसेवी युव नेता, नेता डम्बर खड्का सन्दकपुर गाउँपालिकाका लेखा अधिकृत युवराज नेपाल लगायतको उपस्थितिमा १७ औ वर्षको काग सम्मेलन इलाम मा सम्पन्न भएको हो ।

कार्यक्रम सफल बनाउनको लागि मुख्य प्रायोजन सक्षम निर्माण कम्पनि प्रालिले गरेको थियो भने सहप्रायोजन पर्यटकिय छेत्र सन्दकपुर गाउँपालिकाले गरेको थियो । यस्तै सहप्रायोजकमा पर्यटकीयय क्षेत्र माई जोगमाई गाउँपालिकाले गरेको थियो भने ब्यानर सहयोग इलाम सेवा समाज दक्षिण कोरियाले गरेको थियो ।
दुलालले कागबाहेक मुखैले मादल, सनाई, सारंगी, पियानो, ड्रमसेटलगायतका बाजा तथा विभिन्न अन्य चराहरुको पनि आवाज निकाल्ने गर्दछन् । तिहारको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार मनाइन्छ । कागलाई सूचना संवाहकको स्मरण गर्दै काग तिहारको दिन मिठा कानेकुरा खुवाउने गरिन्छ । कागलाई यमदूतको रुपमा पनि लिने शाष्त्रीय मान्यता रहि आएको छ ।



