काठमाडौं । पछिल्लो २४ घण्टामा १९१३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दिएको विवरण अनुसार थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
हालसम्म जम्मा संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ।
मन्त्रालयको विवरण अनुसार २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या २३४९ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ६४ हजार ५९२ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या २८१२ रहेको छ । हालसम्म डिस्चार्ज हुने संक्रमित १,५७,९२६ जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन्।
आईसीयूमा उपचाररत संक्रमितको संख्या ३९८ र भेन्टिलेटरमा ८२ जना संक्रमित छन्।
२४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या १५ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ११८९ पुगेको छ ।