जनसवाल संवाददाता
झापा / कचन कवल गाउँ पालिका वडा नं ५ डागिबारी स्थित चिया बगानमा हिजो कार्तिक २५ गते भद्रपुर नगरपालिका वडा नं ४ बस्ने बर्ष ३७ को डिल्ली ठाकुर, ३७ वटा नाइट्रोजन ट्याब्लेट साथै १२ वटा कोरेक्स सहित पक्राउ परेका छन।
बेलुकी करिब ५३० बजे इप्रका बनियानिका इन्चार्ज डम्बर बस्नेतको नेतृत्वमा रहेको टोलिले पेट्रोलिङ्गको दौरान सो ब्याक्तिलाइ पक्राउ गरि उल्लेखित सामाग्रीहरु बरामद गरेको थियो।
निज ठाकुरलाइ थप अनुसन्धान सहित कानुनि उपचारको लागि जिप्रका चन्द्रगढी बुझाइएको छ।