मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

आज मुम्बई र दिल्ली भिड्दै ,बदला लिने दाउमा दिल्ली क्यापिटल

बिहिबार, कार्तिक २० २०७७

 

२० कात्तिक, काठमाडौं -इन्डियन प्रिमियर लिग (आईपीएल)को क्वालिफायरमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटलबीच प्रतिस्पर्धा हुँदैछ । जारी आईपीएलको क्वालिफायर–१ आज साँझ ७ः४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुन लागेको हो ।विजयी टिम फाइनल प्रवेश गर्नेछ भने पराजित टिमले क्वालिफायर–२ मा इलिमिनिटर विजेतासँग खेल्नेछ । इलिमिनिटर शुक्रबार अबुधाबीस्थित शेख जायद रंगशालामा रोयल च्यालेन्जर्स बैंगलौर र सनराइजर्स हैदरावाबीच हुँदैछ ।अबुधाबीमा आइतबार हुने क्वालिफायर–२ मा जित निकाल्ने टिम र क्वालिफायर–१ विजेताबीच आगामी मंगलवार दुबईमा यो वर्षको आईपीएल उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

 

साविक विजेता मुम्बई अंक तालिकाको शीर्षस्थान रहँदै क्वालिफायरमा पुगेको हो । उसले कूल १८ अंक जोडेको छ । राउण्ड रोविनका १४ मध्ये पाँच खेलमा मात्रै उसले पराजय व्यहोर्यो ।कूल १६ अंक जोडेको दिल्ली अंक तालिकाको दोस्रो स्थानमा छ । दिल्लीले ८ म्याचमा जित निकाल्यो भने ६ म्याचमा पराजित भयो ।समूह चरणको दुवै खेलमा मुम्बईले दिल्लीलाई स्तब्ध पारेको थियो । पहिलो म्याचमा १६३ रनको लक्ष्य पछ्याएको मुम्बईले दिल्लीलाई पाँच विकेटले पराजित गरेको थियो । दोस्रो म्याचमा दिल्लीलाई मुम्बईले नौ विकेटले हराएको थियो । दिल्ली क्यापिटल २ खेलमा मुम्बई इन्डियन्सले दिएको नमिठो हारको बदला लिने दाउमा रहेको छ भने मुम्बई इन्डियन्स आफ्नो दबदवा कायम् राख्ने दाउमा रहेको छ

प्रतिक्रिया
सम्बन्धित समाचार