मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

हैदरावादले कायम राख्यो आफ्नो प्ले अफ मा छनोट हुने सम्भावना

बुधबार, कार्तिक १२ २०७७

 

 

दुबई — इन्डियन प्रिमियर लिगमा सनराइज हैदरावादले मंगलबार दिल्ली क्यापिटल्सलाई ८८ रनले हराएर आफ्नो सम्भावना कायम राखेको छ ।हैदरावादको १० अंक भएको छ र उसको ‘प्ले अफ’ मा छनोट हुने सम्भावना कायम रह्यो ।दिल्लीको सामना गर्दा हैदरावादसामु जित बाहेक अर्को विकल्प थिएन र टिमले त्यसै अनुसार खेलेको थियो । पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा दुई विकेट गुमाएर २ सय १९ रन बनाएको थियो ।कप्तान डेविड वार्नर र रिद्दीमान शाहले दिल्लीलाई आक्रमक र मबजुत सुरुआत दिलाए । वार्नरले ६६ रन बनाए भने शाहले सर्वाधिक ८७ रनको योगदान दिए ।

जवाफमा दिल्लीले १९ ओभरमा सबै विकेट गुमाउन अगाडि १ सय ३१ रन मात्र बनाउन सक्यो । उसका लागि कसैले पनि ब्याटबाट गतिलो योगदान दिन सकेनन् । दिल्ली १४ रनसहित तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार