बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

एनआरएनए कतारद्वारा ७ हजार ८ सय नेपालीलाई राहत, राहत वितरण गर्ने कार्य जारी

आइतबार, असोज २५ २०७७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले कोरोना संक्रमण सुरु भएयता ७ हजार ८३१ जना नेपाली कामदारहरुलाई राहत वितरण गरेको जनाएको छ ।

विभिन्न संस्थाहरुसँग हातेमालो गर्दै कतारको विभिन्न ठाउँमा रहेका नेपालीहरुलाई खाद्यान्न वितरण गरिरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष मोहम्म्द मुक्तदा मुसलमानले जानकारी दिए ।

कतारस्थित नेपाली दूतावासको संयोजनमा कतार च्यारिटीद्वारा प्राप्त खाद्यान्न तथा अन्य संस्थाहरुले गरेको सहयोग कतारमा रोजगारी गुमाएका नेपाली कामदारलाई वितरण गर्ने कार्य जारी रहेको अध्यक्ष मुसलमानले बताए ।

कतारमा स्थापित नेपाली संघ संस्थाहरूबाट प्राप्त राहत गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारद्वारा गठित उद्धार तथा राहत वितरण समितिले गरिरहेको उनले बताए ।

कोरोना महामारीका कारण समस्यामा परेका नेपाली श्रमिकहरुलाई कतारको सरकारी संस्था कतार च्यारिटीले पहिलो चरणमा डेढ करोड रुपैयाँ बराबरको खाधान्न सामग्री उपलब्ध गराएको थियो । यस्तै ईदको अवसर पारेर दोस्रो चरणमा ९५ लाख बराबरको खाधान्न सामग्री उपलब्ध गराएको थियो ।

बाईसौं चरणको राहत बितरण।

बिश्वब्यापी रुपमा देखा परेको करोना भाइरस (कोभिड १९) नियन्त्रण क्रममा कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान ब्योहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाएको छ।यस सतर्कता तथा सावधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केहि नेपाली दाजुभाई तथा दीदी बहिनी हरू लाई देखा परेका समस्याहरुलाई समाधानका निम्ति क़तार सरकारको प्रराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा गृह मन्त्रालय द्वारा क़तार चारेटि मार्फ़त प्राप्त ख़ाद्दान, क़तारमा स्थापित नेपाली संघ संस्थाहरू बाट प्राप्त र उद्दार तथा राहत समितिमा आएका ख़ाद्दान को समस्याको बिबरण अनुसार गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समितीले बाईसौं चरणमा मिति २९ अगस्त २०२० देखी ०९ अक्टूबर २०२० सम्मा कतारको विभिन्न ठाउँमा रहेका ६१४ जाना नेपाली दाजु भाई तथा दीदी बहिनी हरूलाई खाद्यान्नको राहत प्याकेज बितरण गरिएको छ। हाल सम्मा ७८३१ जनालाई राहत बाडिएको छ।

यस राहत बितरणमा खटिनुभएको दुताबास परिवार, आईसीसी प्रतिनिधि ज्यु हरू, एनसीसी प्रतिनिधि हरू, उद्दार तथा राहत वितरण समिति संयोजक ज्यु तथा सदस्य ज्यु हरू, पत्रकार ज्युहरू तथा सहभागी सम्पूर्ण स्यमसेवक सदस्य हरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।


मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष
गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क़तार

प्रतिक्रिया
सम्बन्धित समाचार