मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

राजस्थानविरुद्ध शानदार जित निकाल्दै दिल्ली शीर्ष स्थानमा

शनिबार, असोज २४ २०७७

काठमाडौं । यूएईमा जारी १३ औं संस्कणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ ।

शुक्रबार भएको खेलमा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

सारजाहाँ क्रिकेट स्टेडियममा दिल्लीले जितका लागि दिएको १८५ रनको लक्ष्य पछाएको राजस्थानले निर्धारित १९ ओभर ४ बलमा सम्पुर्ण विकेट गुाउँदै १३८ रन बनाएको हो ।

राजस्थानका लागि राहुल तेवातीयाले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै यजवसी जैसवालले ३४ रन बनाउँदा स्टिभ स्मिथले २४ तथा जोस बट्लरले १ रन बनाए ।

बलिङतर्फ दिल्लीका लागि कगिसो सबाडाले सर्वाधिक तीन विकेट लिन सफल भए । रविचन्द्र आश्विन र कुस स्टाइनिसले समान दुई दुई विकेट लिए । दिल्लीका लागि एनिज नोर्टेन, हर्सल पटेल र अक्षर पटेलले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

दिल्लीका लागि सिमरन हेटमायरले सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै मार्कुस स्टोइनिसले ३९ रन बनाउँदा कप्तान श्रेयस अ‍ैरले २२ रन तथा हर्शल पटेल १६, अक्षर पटेलले १७ रनको योगदान गरे ।

बलिङतर्फ राजस्थानका लागि जोर्फा आर्चरले सर्वाधिक तीन विकेट लिए । त्यस्तै कार्तिक त्यागी, आन्द्रे टोए र राहुल तेवातियाले समान एक–एक विकेट लिए ।

आजको खेलमा जित निकाल्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ । लिगमा ६ खेल खेलेको दिल्ली १० अक सहित तालिकाको शीर्ष स्थानमा छ । पराजित राजस्थान तालिकाको सातौ स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार