आरएन पटेल
रौतहट । रौतहट जिल्लामा बेग्ला बेग्लै स्थानमा पानीमा डुबेर २ बालकको मृत्यु भएको छ । रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर १ जयनगरका ३ बर्षिय ताबिस अन्सारीको स्थानिय झाझ खोलामा मृत्यु भइ तैरिरहेको अबस्थामा फेला परेको जनाइएको छ । सोको जानकारी स्थानियले दिएपछि सोही आधारमा ईलाका प्रहरी कार्यालय शिवनगरबाट प्रहरी नायब निरिक्षकको कमाण्डमा र ईलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरिक्षकको कमाण्डमा सुरक्षा टोली घटना स्थलमा पुगेका थिए । घटना स्थलबाट सोको मुचुल्का पश्चात शव पोष्टमार्टमको लागि गौर अस्पताल पठाईएको थियो ।
त्यसैगरि रौतहटको ईशनाथ नगरपालिका ५ लक्ष्मिनिया घर भई विगत २ वर्ष देखि राजपुर नगरपालिका वडा नं.२ विगाटोल स्थित फुपु घरमा बस्दै आएको शेख जमिल अखतरको छोरा अंन्दाजी बर्ष १४ को शेख फ्याज राजपुर नगरपालिका २ स्थित रहेको कामदेई नदीमा माछा मार्ने क्रममा पानीमा डुबी मृत्यु भएको छ । सोको जानकारी स्थानियले दिएपछि ईलाका प्रहरी कार्यालय राजपुरबाट प्रहरी नायब निरिक्षकको कमाण्डमा ७ जनाको टोली र ईलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरिक्षककोे कमाण्डमा मुचुल्का बनाइ पोष्टमार्टम गरि दाहसंस्कारका लागी आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।