मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजुद जमैका पराजित

आइतबार, भाद्र ७ २०७७

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा जमैका तल्लावह लगातार दोस्रो खेलमा पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा गुयाना अमेजन वारियर्ससँग जमैका १४ रनले पराजित भएको हो ।

गुयानाले दिएको केवल ११९ रनको लक्ष्य पछायेको जमैका २० ओभरमा ७ विकेट गुमाउदै १०४ रन मात बनाएपछि खेल १४ रनले हारेको थ्यियो ।

सिपिएल क्रिकेटको इतिहासमा यो डिफेन्ड गरिएको अहिलेसम्मको कम टोटल हो ।

जमैकाका लागि आन्द्रे रसेलले सर्बाधिक ५२ रन अविजित बनाए भने रोभमान पावेलले २३ र असिफ अलीले १४ रन बनाए ।

जमैकाका तीन खेलाडी शुन्यमा आउट भएका थिए ।

जमैकालाई रोक्नेक्रममा गुयानाका बलर क्रिस ग्रीनले २ विकेट लिए भने इमरान ताहिर, नवीन उल हक, किमो पाउल, असमिद नेड र चन्द्रपाउल हेमराजले एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको गुयानाले १९.१ ओभरमा अल आउट हुदै केवल ११८ रन बनाएको थियो ।

गुयानाका लागि ब्रान्डन किंगले सर्बाधिक २९, चन्द्रपाउल हेमराज र रोज टेलरले २१-२१ तथा नवीन उल हकले १४ रन बनाएका थिए ।

गुयानाविरूद्ध नेपाल स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका थिए ।

सन्दीपले ४ ओभरमा केवल ८ रन दिएर २ विकेट लिएका थिए । सन्दीपले गुयानाका कप्तान क्रिस ग्रीन र शेरफन रुदरफोर्डलाई आउट गरेका थिए । सन्दीपले आफ्नो स्पेलमा २४ बल मध्ये १८ बल डट फालेका थिए ।

सन्दीपले यस अघिका दुवै खेलमा एक एक विकेट लिएसँगै अहिलेसम्म तीन खेलमा ४ विकेट लिएका छन् ।

त्यस्तौ जमैकाका मुजीब उर रहमानले ३ विकेट लिए भने कार्लोस ब्रेथवेटले ३ विकेट लिएका थिए ।

योसँगै जमैका अहिलेसम्म खेलेका तीन खेलमा २ खेल हारेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार