आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

राैतहटकाे जिंगडिया हत्याकाण्डको खुलासा, ७ आरोपी पक्राउ

शुक्रबार, भाद्र ५ २०७७

आर एन पटेल
राैतहट । रौतहट जिल्लाकाे गरुडा नगरपालिकाकाे वडा नं. ८ बसबिटी जिंगडिया स्थितमा गत साउन ३१ गते रातिकाे नन्दलाल रामको छोरा बर्ष २० को निरन्जन रामलाई अज्ञात ब्यक्तिहरुले धारिलो हतियारले घाँटीमा प्रहार गरी कर्तब्य गरी मारी जमेको पानीमा जलकुम्भी उम्रेको झाडीमा फालेको छ भनि मिति २०७७ साउन ३२ गते बिहान अन्दाजी ०६:०० बजेको समयमा ईप्रका गरूडामा सुचना प्राप्त हुना साथ प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतोको कमाण्डमा प्रहरी टोली गई उक्त घटना वारदात सम्बन्धमा प्राबिधिक अनुसन्धान समेत गरेकाे थियो ।


बरदात जिल्ला रौतहट गरुडा न.पा.वडा नं. ८ जिंगडिया टोल बस्ने शेख गुलाबीको छोरा अं.बर्ष २२ को शेख अजाद र मृतक निरन्जन रामको सम्पर्क रहेको देखिएकोले निजलाई नियन्त्रणमा लिई सोधपुछ अनुसन्धान गर्दा उक्त वारदातमा मनोहर महराको छोरा अन्दाजी बर्ष २० को अजय कुमार रन्जन, शशिभुषण यादवको छोरा अन्दाजी बर्ष १९ को बिबेक राय यादव, मंगल रामको छोरा अन्दाजी बर्ष १९ को अर्जुन राम, हितलाल पासवानको छोरा अन्दाजी बर्ष २० को सिकिन्द्र पासवान, पनिलाल महराको छोरा अन्दाजी बर्ष १९ को बिजय महरा समेतका साथीहरु मिली निज निरन्जन रामलाई मार्ने योजना बनाई योजना अनुसार मिति २०७७ साउन ३१ गते शनिबारको दिन निजले काम गर्ने सच नर्सरीको साहुको गुरुको जन्मदिन रहेको कुरा थाहा पाई सोही दिन निज निरन्जन रामलाई फोन गरी आज हामीले पार्टी राखेका छौं पार्टीमा आउनु भनि बोलाएको थियो ।

निरन्जन रामको शेख अजाद र बिजय महरासँग भेट भई सच नर्सरी देखि उत्तर तर्फ रहेको होटलबाट रक्सी, मासु समेत किनी सोही होटलको पुर्वमा रहेको सपेताको बगैचामा सबै साथीहरु बसी मासु रक्सी मुह्री समेत खाई निज निरन्जन रामलाई अत्याधिक रक्सी खुवाई मताई बाद बिवाद गरी पुर्व योजना अनुसार सबै साथीहरु मिलि निरन्जन रामलाई बन्धक बनाई सबै जना मिलि निजलाई भाग्न उम्कन नदिई पक्री समाती शेख अजादले बोकी ल्याएको धारिलो छुराले घाँटी रेटी कर्तब्य गरी मारेको,र निजहरु माथि थप अनुसन्धान कार्य भई रहेको ईलाका प्रहरी कार्यालय गरूडाले जनाएको हाे ।

प्रतिक्रिया
सम्बन्धित समाचार