मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

लुकाकु चँम्किदा इन्टर मिलान यूरोपा लिगको फाइनलमा प्रबेश

मंगलबार, भाद्र २ २०७७

काठमाडौं / इटालियन क्लब इन्टर मिलान यूरोपा लिग फुटबलको फाइनलमा प्रबेश गरेको छ । सोमबार राति यूरोपा लिग अन्तर्गत भएको खेलमा सानदार जित निकाल्दै इन्टर मिलान फाइनलमा प्रबेश गरेको हो ।

उक्त सेमिफाइनल खेलमा इन्टरले युक्रेनी क्लब साख्तर डोनेट्स्कलाई ५-० गोलले पराजित गर्न सफल भयो । उक्त खेलमा १९औं मिनेटमा लाउतारो मार्टिनेजले गोल गरी इन्टरलाई अग्रता दिलाए ।

त्यसपछि दोस्रो हाफमा खेलको ६४औं मिनेटमा डानिलो डि एम्ब्रोसियोले र ७४औं मिनेटमा मार्टिनेजले गोल गरे ।

त्यस्तै खेलको ७८औं र ८३औं मिनेटमा रोमेलु लुकाकुले गोल गरी टिमलाई जित दिलाए । जितसँगै इन्टर यूरोपा लिग फुटबलको फाइनलमा प्रबेश गरेको छ । अब फाइनलमा इन्टरले स्पेनिस क्लब सेभियासँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार