मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

म्यान्चेस्टर सिटीलाई हराउँदै लियों च्याम्पियन्स लिगको सेमिफाइनलमा

आइतबार, साउन ३२ २०७७

काठमाडौं, ३२ साउन । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाईनल सकिमरण पूरा भएको छ ।

गए राति भएको अन्तिम क्वाटरफाईनल खेलमा फ्रान्सको ओलम्पिक लियोंले इंग्ल्याण्डको म्यान्चेस्टर सिटीलाई हराएसँगै सेमफिाईनल पुग्ने सबै चार टोलीको टुंगो लागेको हो ।

अब सेमिफाईनलमा लियोंको भिडन्त जर्मन क्लब बायर्न म्युनिखसँग हुनेछ । अर्को खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजी र जर्मनीको आर.बी लेप्जीग भिड्नेछन् ।

गए रातिको खेलमा लियोंले म्यान्चेस्टर सिटीलाई ३–१ ले हरायो । उसका लागि मौसा डेम्बेलेले दुई तथा म्याक्सवेल कोेर्नटले एक गोल गरे । पराजित टोली सिटीका केभिन डे ब्रायनले एक गोल गरेका थिए ।

यो हारसँगै म्यान्चेस्टर सिटीको च्याम्पियन्स लिगको पहिलो उपाधि जित्ने सपना फेरी एक पटक टुटेको छ । यस पटक सेमिफाईनलमा जर्मनीका दुई टोली तथा फ्रान्सका दुई टोली पुगेका छन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार