मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

भारतीय क्रिकेटका पूर्व कप्तान धोनी र रैनाद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

आइतबार, साउन ३२ २०७७

काठमाडौँ । भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

भारतीय समाचार एजेन्सी पिटीआइका अनुसार धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

धोनी गतबर्षको विश्वकप क्रिकेट देखि अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा रहेका थिए ।

धोनी भारतीय क्रिकेटमा एकदिवसीय क्रिकेट विश्व कप, टी-२० क्रिकेट विश्वकप र टेस्टको वरियतामा भारतलाई नम्बर एक टिम बनाउने एक मात्र कप्तान हुन् ।

३९ बर्षिय धोनीले सामाजिक संजालबाट सन्यासको घोषणा गरेका छन् ।

उनले भनेका छन् – ‘ धन्यवाद, मेरो क्यारियरमा धेरै धेरै माया र समर्थनका लागि धन्यवाद, ७ बजेर २९ मिनेटदेखि मलाई रिटायर्डको रुपमा लिइयोस् ।’

धोनीले भारतका लागि ९० टेस्ट खेल्दै १४४ इनिंगमा ३८.०९ को औसतले ६ शतक र ३३ अर्धशतकसहित ३ हजार ८७६ रन बनाएका छन् ।

त्यस्तै एकदिवसीय खेलमा ३५० खेल खेल्दै १० शतक र ७३ अर्धशतकसहित ५०.५७ को औसतले १० हाजर ७७३ रन बनाएका छन् ।

त्यस्तै टी-२० खेलमा ९८ खेल खेल्दै २ अर्धशतकसहित १६१७ रन बनाएका छन् ।

धोनीसँगै भारतीय क्रिकेटका ब्याट्सम्यान सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । धोनीले सन्यासको घोषणा गरेपछि रैनाले पनि सन्यासको घोषणा गरेका छन् ।

रिना २०१८ देखि भारतीय टिमबाट बाहिर रहेका छन् । रैनाले भारतका लागि २२६ एकदिवसीय खेल खेल्दै ५ हजार ६१५ रन बनाएका छन् । त्यस्तै १८ टेस्ट खेल खेल्दै ७६८ रन बनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार