काठमाडौं । नेपालमा थप ३८० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ३८० जना संक्रमित थपिएको जानकारी दिएका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ५४४ रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४० जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १६ हजार ३५३ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७१.५८ रहेको प्रवक्ता गौतमले बताएका छन् ।
त्यस्तै पछिल्लो २४ घन्टामा ८ हजार ५१५ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ४ लाख ४३ हजार ८०४ नमुनाको पिसिआर परिक्षण भएको छ ।
त्यस्तै अहिले देशभरमा ११ हजार ३८ जना क्वारेन्टाइनमा रहेका छन् भने ६ हजार ५४४ जना आइसोलेसनमा रहेका छन् ।
अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएकोमा ७ जिल्ला कोरोना मुक्त भएका छन् । जसमा खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्प्पा र हुम्ला रहेका छन् ।
काठमाडौँ उपत्यकामा ९२ जना संक्रमित
काठमाडौँ उपत्यकामा आज पनि थप ९२ जना कोरोना संक्रमित भएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले विभिन्न प्रयोगशालामा भएको परिक्षणमा काठमाडौँ उपत्यकामा थप ९२ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।
नयाँ संक्रमितमा काठमाडौँका ९० जना र ललितपुरमा २ जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ३८० जना संक्रमित थपिएको जानकारी दिएका छन् ।
https://www.facebook.com/mohpnep/videos/690062894925109/