मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

रियललाई हराउदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

शनिबार, साउन २४ २०७७

काठमाडौँ । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराती सम्पन्न च्याम्पियन्स लिग अन्तर्गतको अन्तिम १६ को दोस्रो लिगमा स्पेनिस महारथी रियल म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गर्दै सिटी समग्रमा ४-२ को अग्रता सहित क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

सिटीको जितमा रहिम स्टरलिंग र गाब्रियल जिससले एक एक गोल गरेका थिए भने रियल म्याड्रिडका लागि एक गोल करिम बेन्जामाले गरेका थिए ।

योसँगै रियल म्याड्रिड च्याम्पियन्स लिग बाट बाहिरिएको छ । रियल दुवै लिगमा सिटीसँग २-१ गोल अन्तरले पराजित हुदै बाहिरिएको छ ।

अब सिटी अगस्त १५ मा क्वाटरफाइनलमा लियोनसँग खेल्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार