काठमाडौँ । देशभरमा आज ३६० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशरभरका प्रयोगशलामा गरिएको पिसिआर परीक्षणमा ३६० जना सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल सक्रिय सङ्क्रमित ६ हजार २९६ रहेको बताए । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ ।
देशरभमा क्वारेन्टिनमा रहेकाको सङ्ख्या नौ हजार ४७० रहेको छ । त्यस्तै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या पछिल्लो २४ घण्टामा २३३ जना रहेको छ । आजसम्म १५ हजार ३८९ जना सङ्क्रमणमुक्त भइसकेका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ६५ पुगेको छ ।
https://www.facebook.com/mohpnep/videos/795466587858962/