बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

विश्वभर कोरोना भाइरस : संक्रमितको संख्या एकैदिन २ लाख ३४ हजारभन्दा बढीले बढ्यो

बिहिबार, साउन १ २०७७

काठमाडौँ, १ साउन । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड ३६ लाख ८९ हजारभन्दा बढी पुगेको छ । वल्र्डवमिटरका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एकैदिन २ लाख ३४ हजारभन्दा बढीले बढेको हो ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा फेला परेका छन् । अमेरिकामा मात्रै ७१ हजारभन्दा बढी संक्रमित फेला परेका हुन् ।

त्यस्तै कुल संक्रमितमध्ये मृत्यु हुनेको संख्या पाँच लाख ८६ हजार ७७७ पुगेको छ । ८० लाखभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै ५९ हजारभन्दा बढी संक्रमितको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार