मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

स्पेनिस ला लिगामा एट्लेटिकोको सहज जित, मोलार्का ३-० गोलले पराजित

शनिबार, असार २० २०७७

एजेन्सी, २० असार । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ । एट्लेटिको मड्रिडले मोलार्कालाई ३–० गोल अन्तरले हराउँदै सहज जित हाँसिल गरेको हो ।

एट्लेटिकोको जितका लागि मोराटाले दुई तथा कोकीले एक गोल गरे । जितसंगै एट्लेटिकोले शीर्ष तीनमा रहने आफ्नो सम्भावनालाई बलियो बनाएको छ ।

जितसंगै मड्रिड क्लब च्याम्पियन्स लिग छनोटको नजिक देखिएको छ । तेस्रो स्थानको उसले ३३ खेलबाट ६२ अंक जोडेको छ । मोलार्का २९ अंक सहित रेलिगेशन जोनमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार