मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

युनाइटेड एफए कपको सेमिफाइनलमा

आइतबार, असार १४ २०७७

एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गएको छ । शनिबार राति भएको क्वाटरफाइनल खेलमा नर्विच सिटीलाई २–१ गानेलले पराजित गर्दै युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरी भएपछि खेलमा अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयमा युनाइटेडले गोल गर्दै दक खेलाडीमा समेटिएको नर्विच सिटीमाथि विजयी भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ओडल इघालोले गोल गर्दै अग्रता दिलाएका थिए । उनले खेलको ५१ औं मिनेटमा गोल गरेका हुन् । खेलको ७५ औं मिनेटमा घरेलु टोलीका तोड कान्टवेलले गोल गर्दै खेल बराबीमा ल्याए । उनले एमी बुइन्डियाको पासमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए ।

८८ औं मिनेटमा टिम क्लोसले रातो कार्ड मैदान बाहिरिएपछि नर्विच १० खेलाडीमा समेटिएको थियो । त्यस्तै थप समयमा कप्तान ह्यारी मगायरले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार