काठमाडौं, १६ जेठ । ओमानको मस्कट प्रशासकीय क्षेत्रमा लकडाउन हटाइएको छ । नेपाली राजदूतावास मस्कटद्धारा जारी जानकारीमा विगतमा कोरोना भाइरसको फैलावट नियन्त्रण गर्न मस्कट प्रशासकीय क्षेत्रमा लागु गरिएको बन्दा(बन्दी २९ मे शुक्रवारदेखि लागु हुने गरी हटाइएको उल्लेख छ । ‘यहाँको उच्चस्तरीय समितिले निर्णय गरेको सबैमा जानकारी गराइन्छ।साथै मात्रा विलायतको रूई, वादि कविर हमरिया लगायत क्षेत्रमा जारी स्वास्थ्य सम्बन्धी एकान्तवास भने जारी रहने निर्णय भएको समेत सबैमा जानकारी गराइन्छ’ विज्ञप्तिमा छ ।
बन्दा-बन्दी (Lock down) हटाइएको सम्बन्धी सूचना।
विगतमा कोरोना भाइरसको फैलावट नियन्त्रण गर्न मस्कट प्रशासकीय क्षेत्रमा लागु गरिएको बन्दा-बन्दी २९ मे शुक्रवारदेखि लागु हुने गरी हटाइएको यहाँको उच्चस्तरीय समितिले निर्णय गरेको सबैमा जानकारी गराइन्छ।साथै मात्रा विलायतको (Wilayat of Muttrah) रूई, वादि कविर हमरिया लगायत क्षेत्रमा जारी स्वास्थ्य सम्बन्धी एकान्तवास भने जारी रहने निर्णय भएको समेत सबैमा जानकारी गराइन्छ।
कोरोना भाइरसको कारणले ओमानमा अहिलेसम्म प्राप्त जानकारी अनुसार 8373 (2177 जना स्वास्थ्य लाभ गरिसकेका समेत) जना संक्रमित भएका छन् भने 40 जनाले ज्यान गुमाएका छन्।
कोरोना भाइरसको संक्रमणको जोखिम अझै यथावत रहेकोले सम्पूर्ण नेपालीहरूले आवश्यक स्वास्थ्य सम्बन्धी सतर्कता अपनाउनु हुन तथा सामाजिक दुरी कायम गर्नुका साथै सार्वजानिक स्थानहरूमा उपस्थित हुँदा पञ्जा र मास्कको अनिवार्य प्रयोग गर्नुहुन समेत अनुरोध छ।
नेपाली दूतावासले ओमानमा रहेका नेपालीहरूको अवस्था बारे जानकारी संकलन गर्ने उद्देश्यले शुरू गरेको अनलाइन सूचना संकलनबाट प्राप्त विवरणहरूबारे नेपाल सरकारसँग समन्वय भई रहेको जानकारी गराउँदै उक्त फारम नभरेका अन्य नेपालीहरूलाई पनि https://om.nepalembassy.gov.np/information-collection-form/ लिंकमा गएर आफ्नो विवरण उल्लेख गर्नु हुन समेत अनुरोध छ।
कोरोना भाइरसको कारणले ओमानमा रहनुभएका नेपालीहरूलाई कुनै पनि समस्या परेमा नेपाली दूतावासको WhatsApp: 71592490
टेलिफोनः 24696177/24696833
हटलाइनहरूः 71592490/ 71530840 र श्रम सहचारीको नं. 71592506 मा सम्पर्क गर्नुहुन समेत सबैमा हार्दिक अनुरोध छ।
नेपाली राजदूतावास,
मस्कट, ओमान
२०७७ जेठ १५ गते बिहीवार।
