सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

नेपालगञ्जमा २५ गतेसम्म कर्फ्यु लाउने जिल्ला प्रशासनको निर्णय

सोमबार, बैशाख २२ २०७७

काठमाडौं, २२ वैशाख/ बाँकेको नेपालगञ्जमा भोलिदेखि २५ गतेसम्म कर्फ्यु लगाउने निर्णय भएको छ। सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलिय बैठकले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मंगलबारदेखि कर्फ्यु लगाउने निणर्य गरेको हो।

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काअनुसार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरिएको हो। कर्फ्युको समयमा औषधि पसलबाहेक अन्य व्यवसाय खोल्न नपाइने उनले बताए।

बाँकेमा मात्र १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालसहितको टोलीले कम्तीमा तीन दिन कर्फ्यू लगाउन जिल्ला प्रशासनलाई सुझाव दिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार