काठमाडौँ / विश्वब्यापी महामारीको रूपमा फैलिएको कोभिड -१९ बाट प्रभावित नेपाली समुदायको अवस्था, सामाजिक गतिबिधि तथा राज्यले सम्बोधन गर्नुपर्ने विषयमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषदहरू संग छलफल गर्नु भएको छ। गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद हरुले बहनगरेको ज़िम्मेवारी तथा नेपाली समुदायमा पर्नआएको समस्याको बारेमा प्रत्यक्ष सम्बाद तथा जानकारी गराऊनक़ा निमित्त अवसर दिनु भएकोमा माननीय परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली तथा परराष्ट्र मन्त्रालयलाई एनआरएनए एनसिसि का अध्यक्ष हरुले धन्यबाद ब्यक्त गरेका छ्न । यो महत्वपूर्ण अवसर मिलाई दिने ग़ैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषद तथा आईसीसी उपाध्यक्ष बद्री केसीलाई समेत उनिहरुले धन्यबाद ब्यक्त गरेका छन ।
बैठकमा सहभागीहरु:
मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष – गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतार
हरी भट्टराई
अध्यक्ष – गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद मलेसिया
राधीका (टीका) गुरुंङ
अध्यक्ष – गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद हन्कङ्ग
डा चिरिन्जीबी खड्का
अध्यक्ष – गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद चेक रिपब्लिक
चिरन्जीबि घिमिरे
अध्यक्ष – गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क्यानडा
लाल केसी
अध्यक्ष – गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद न्यूजिल्याण्ड
बिनोद चौलागाई
अध्यक्ष – गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद अष्ट्रिया
चित्र सुबेदी
अध्यक्ष – गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जीयम
शिबमणी भूर्तेल
अध्यक्ष – गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद रसिया
दिल कुमारी तिलिजा पुन अध्यक्ष – गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साईप्रस
सुजन केसी
अध्यक्ष – गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कुवेत
श्रीराम कंडेल
अध्यक्ष – गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद नेदरल्याण्ड
सुरज डुम्रे
अध्यक्ष – गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद केन्या
अशोक थापा
अध्यक्ष – गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद लेबनान
श्रवण खनाल
अध्यक्ष – गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद फिनल्याण्ड
डा बद्री केसी
उपाध्यक्ष एनआरएनए आईसीसी
गौरी जोशी
सचिब एनआरएनए आईसीसी

मन्त्री ज्ञवालीले गैरआवासीय नेपालीलाई सहयोगका लागि नेपाली दूतावाससँगको सहकार्य गर्न सुझाव दिँदै त्यहाँ रहेका अन्य नेपालीहरूप्रति अभिभावकको भूमिका खेल्न आग्रहसमेत गरे । ती चार चरणहरूमध्ये पहिलो चरणमा नेपाल सरकारले विदेशमा रहेका नेपाली श्रमिकलाई उच्च प्राथमिकतामा राखेको छ । खाडीका पाँच मुलुक (कतार, साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स र ओमान) र मलेसियामा रहेका करिब १४ लाख नेपाली श्रमिकको सुरक्षा र हकहितका बारेमा ध्यान दिएको छ ।

मन्त्री ज्ञवालीले दोस्रो चरणमा विदेशमा पढ्न गएका नेपाली विद्यार्थीलाई सुरक्षा र हकहितको विषयमा ध्यान दिएको जानकारी दिए । परराष्ट्रले तेस्रो चरणमा विदेशमा छोटो समयलाई गएका वा छोटो भिसामा त्यहाँ गएका नेपालीहरूको सम्बन्धमा ध्यान दिएको छ । अन्तिम र चौथो चरणमा भने सम्बन्धित मुलुकमा रहेका र त्यहाँकै नागरिक भइसकेको वा हुने चरणमा रहेका गैरआवासीय नेपालीहरूलाई समेत ध्यानमा राखेको मन्त्री ज्ञवालीले छलफलमा बताएका थिए । छलफलमा गैरआवासीय नेपाली संघका पदाधिकारी र प्रतिनिधिहरूले अहिलेसम्म दूतावासहरूसँग समन्वय गरेर काम गरिरहेको जानकारी दिएका थिए ।

उनीहरूले नेपाली नागरिकलाई आफ्नो संघका पदाधिकारी र विभिन्न मुलुकमा रहेका पदाधिकारीहरूले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । उनीहरूले नेपाली श्रमिकहरूलाई समस्या परे ‘वैदेशिक रोजगार कोष’ को सरकारले प्रयोग गर्नुपर्ने बताए । ‘उक्त कोष ती श्रमिकहरूकै पैसाबाट खडा गरिएको हो । आवश्यक पर्दा त्यसलाई प्रयोग गर्नु पर्छ । नेपाली श्रमिकहरूको पैसा उनीहरूकै हितका लागि खर्च गर्नुपर्छ,’ उनीहरूको मन्त्री ज्ञवालीलाई सुझाव थियो ।